चितवन माघ, १६–
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको सर्वसत्तावादी चरित्रविरुद्ध तिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन्। बुधबार चितवनमा कांग्रेस खैरनी नगरसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व महामन्त्री समेत रहेका नेता सिंहले सरकारको अधिनयकवादी चरित्रको विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उक्त अवसरमा नेता सिंहले माघ २१ गते हुने देशव्यापी प्रदर्शनमा एक भएर सरकारलाई दबाब दिन खरो भएर उत्रिनुपर्ने प्रष्ट पारे ।
सरकारको बोली र व्यवहार फरक भएकाले विश्वास गर्न नसकिने अवस्था उत्पन्न भएको नेता सिंहको भनाइ छ । उनले भने,‘अब हामीले सदनदेखि सडकसम्म जिम्मेवार प्रतिपक्षीको रुपमा खबरदारी गर्नुको विकल्प छैन।’
उनले सरकारले दुई तिहाई बहुमतको आडमा संसदीय मर्यादाविपरित लागेकाले संसदीय पद्धतीमा डो¥याउने दायित्व कांग्रेसको भएको बताए। नेता सिंहले भने,‘बहुमत छ भन्दैमा संविधानभन्दा बाहिर गएर जे सुकै गर्ने छुट सकारलाई छैन।’
उनले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको एकपछि अर्को घटनाक्रमले प्रस्टाउँदै गएकाले सरकार पूर्णरुपमा असफल भएको दाबी गरे। पार्टी भित्रको प्रसंगलाई उठाउदै नेता सिंहले अधिनायकबादको सामना गर्न पार्टी व्यवस्थापन विधान अनरुप हुनुपर्नेमा जोड दिए ।