मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिको संसद बैठक पनि अवरोध गर्ने कांग्रेसको उदघोष्



काठमाडौं माघ, १६–
नेपाली कांग्रेसले संसदको अवरोध कायमै राख्ने भएको छ ।प्रमुख विपक्षी समेत रहेको कांग्रेसले बिहिबारका लागि बोलाईएको संसदको बैठक पनि बहिष्कार गर्ने जनाएको हो । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएको हो ।
आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गर्‍यो । त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

तर, कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै संसद सञ्चालन हुन नसक्ने बताएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले ११ गतेको बैठक जुन ढंगले बसालियो त्यसमा कांग्रेसको गम्भीर आपत्ति भएको बताए । उनले भने, ‘आफ्नो गल्ती सच्याउनु पर्ने रहेछ तर, संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो ।’

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  १० : ४६ बजे