मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीमाथि संसदमा गीतबाटै मिनेन्द्रको व्यङ्ग्यः ‘नयाँ नयाँ जवानी छ नयाँ नयाँ रङ्ग……



काठमाडौं माघ, १७–
बिहीबारको संसद बैठकमा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले ओली सरकारको चर्को आलोचना गरेका छन् । बैठकको सुरुवातमै सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद रिजाललाई बोल्ने समय दिएका थिए । बैठकमा बोल्दै नेता रिजालले आफ्ना माग, सरकारको तानाशाही शैली जस्ता विषयमा सरकारको आलोचना मुक्त कण्ठले गरे । उनले आलोचनाकै बीच एउटा गीत नै गाउन पुगे । नेता रिजालले प्रसंगमा प्रसंग जोड्दै दुई तिहाई बहुमत प्राप्त स्थिर सरकारको मनोभावना अनुसारको एउटा लोक गीत ‘नयाँ नयाँ जवानी छ नयाँ नयाँ रङ्ग, आफ्नो रुप देखि देखि आफैं पर्छू दङ्ग भन्ने गीत गाउन पुगे । उनको यो गीत प्रधानमन्त्री केपी ओलीमाथिको व्यङ्ग्य थियो ।
नेता रिजालले त्यो गीतमा भनेजस्तै अहिले प्रधानमन्त्री पनि त्यस्तै दंग भएर काँग्रेसलाई पनि भुलेको, नेपालका त अरु पार्टी देख्नै छाडेको सरकारले अमेरिका, बेलायत, फ्रान्स जस्ता देशहरु समेत देख्न छाडेको आरोप लगाए । उनले काँग्रेस नदेख्ने ओली सरकारलाई चेतावनी दिँदै भने राणाहरुले पनि काँग्रेस देखेका थिएनन् । जतिबेला काँग्रेस देखे त्यतिबेला ढिला भईसकेको स्मरण पनि उनले गरे । त्यस्तै, महेन्द्रले पनि काँग्रेस नदेख्दा पञ्चायतको हविगत कस्तो भएको थियो भन्दै उनले प्रश्न गरेका छन् ।

संसद अवरोध पछि काँग्रेस नेता मिनेन्द्र रिजालले संसदमा बोल्दै परराष्ट्र नीतिमा हाम्रा धेरै सीमाहरु हुने भन्दै एउटा इगोको भरमा विज्ञप्ती निकालिएकोप्रति आफूहरुको गम्भीर ध्यान आकर्षण भएको उनको बुझाई छ । उनले पुँजीवादी धारको नेतृत्व गरिरहेको अमेरिकासँग निहुँ खोजेर नेपालले के समाजवादी धाराको नेतृत्व गर्न लागेको हो रु भन्दै प्रश्न गरेका छन् ।

उनले नेपालमा शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउनको लागि महत्वपूर्ण भूमिका खेलेका अमेरिका, युरोपियन युनियन जस्ता मुलुकहरुको विरोध गरेर शान्ति प्रक्रियामा समस्या सिर्जना हुनसक्ने तर्फ चिन्ता व्यक्त गरेका छन् । नेता रिजालले नेपाल र अमेरिकाबीचको टसलमा मेनेजुयलाको विवाद आएको जस्तो कडा विज्ञप्ती आएको भन्दै यो नेपालको परराष्ट्र नीति भन्दा बाहिर रहेको र यसले नेपालको कूटनीतिक क्षेत्रलाई समेत असर पर्ने चेतावनी समेत दिएका छन् ।

गत माघ ११ गते भेनेजुयलामा गहिरिएको राजनीतिक संकटको विषयमा अध्यक्ष दाहालले कडा विज्ञप्ती निकालेका थिए। सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री दाहालले भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिकाले साम्राज्यवादी नीति लिएको भन्दै त्यसको निन्दा गरेका हुन् । भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी अमेरिकाले साम्राज्यवादी नीति लिएको आरोप उनको छ ।
नेता रिजालले बोलेलगत्तै सांसदहरुले कांग्रेस सांसदहरुले आ–आफ्नो सिटबाट एकै पटक उभिर विरोध जनाए । सभामुखले पटक पटक बस्न आग्रह गरेपछि पनि उनीहरु नबसेपछि सभामुखले आगामि २० गतेसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ८ : ५६ बजे