मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरुद्ध नेविसंघको आन्दोलन थप आक्रामक बन्दै, मुख्यमन्त्रीको गाडीमा लेखियो ‘माफिया सरकार मुर्दावाद’



काठमाडौं माघ, १८–
नेपाली कांग्रेसको भातृसंस्था नेविसंघका कार्यकर्ताले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेका छन्।

उनीहरूले बिहीबार दिउँसो वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्रीको पार्किङ गरिएको गाडीमा यस्तो लेखेका हुन्।

नेविसंघका केन्द्रीय सदस्य अनिल शाहीका अनुसार सरकारलाई दबाबस्वरुप मुख्यमन्त्रीको गाडीमा यस्तो लेखिएको हो ।

‘चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर डा. गोविन्द केसीका माग पूरा नगर्ने, केसी अनसनमा रहँदै गर्दा जबर्जस्ती विधेयक पारित गर्ने, निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने सरकारलाई दबाबस्वरुप गाडीमा माफिया सरकार मुर्दाबाट लेखेका हौं,’ उनले भने।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले यसलाई सुरक्षामा खटिएकाहरूको कमजोरी बताएका छन्।

उनले मुख्यमन्त्रीको स्कर्टिङको व्यवस्था छिट्टै गरिने जानकारी दिए। स्कर्टिङका लागि गाडी माग गरिएकाले अबको १०/१५ दिनभित्रै मुख्यमन्त्रीको स्कर्टिङ गरिने उनले बताए।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ४ : ५३ बजे