डाक्टरको प्रदर्शनमा प्रहरी हस्तक्षेप, १७ जना डाक्टर पक्राउ



काठमाडौं माघ, १८–
डा. गोविन्द केसीको समर्थनमा डाक्टरले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशनरत डा. केसीको पक्षमा आन्दोलनरत १७ डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले डा. केसीको समर्थनमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरेको हो ।
डा. केसी अनशनमा बसेको शुक्रबार २४ औँ दिन हो । १६ औँ पटक अनशनमा रहेका डा. केसीले आफ्ना माग पूरा नभएको बताए पनि संसदको दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको छ । कांग्रेसले पनि डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

पक्राउ पर्नेमा आवासीय डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पाण्डे, डा. विशाल अग्रवाल, डा. अमित शर्मा, डा. हेमन्त बास्तोला, डा. बद्री अर्याल, डा.राजन लामिछाने, डा. सिद्धार्थ भण्डारी, डा.उपमा श्रेष्ठ, डा. कविता मानन्धर, डा. अमिर श्रेष्ठ, डा. आकाश शेर्पाली, डा.आनन्द सिंह, डा.पदम जोशी, डा. समीर चापागाईं, डा. विश्वराज तिम्सिना, डा. अपूर्व आचार्यसहित छन् ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ७ : ०३ बजे