मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारको नाकमै नेविसंघको प्रहार, सिंहदरबारको मुल गेटमै बेलुनमा कालो झण्डा उडायो



काठमाडौं माघ, १८–
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले बेलुनमा झुण्ड्याएर सिंहदरबारमा कालो झण्डा उडाएको छ । नेविसंघले बिभिन्न माग राखी सरकारको बिरोधमा कालो झण्डा उडाएको हो ।
सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले माग पूरा गर्न दवाव दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको कालो ब्यानर सिंहदरबारमा उडाएको बताए ।

यसअघि नेविसंघले एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने गरेको थियो ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ८ : २५ बजे