डा. केसीले तोडे अनसन, चिकित्सा शिक्षा विधेयक सुधारका लागि फरक ढंगले लड्ने घोषणा



काठमाडौं माघ, १८–
डा गोविन्द केसीले आफ्नो २४ दिन लामो अनसन तोडेका छन् । शिक्षण अस्पतालका सफाई कर्मचारी गोविन्द पुजारी, पूर्व प्राधानन्यायाधीश सुशिला कार्की र पूर्व सभामुख दमननाथ ढुंगानाले जुस खुवाएर डा. केसीको अनसन तोडाएका हुन् । सरकारले संसदबाट उनले १६ औं पटकको अनसन चिकित्सा शिक्षा विधेयक पास गरेपछि डा. केसीले अनसन तोड्ने निर्णय गरेका हुन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् ।

प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार  १ : ४० बजे