मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्तव्यस्त अवस्थामा क्याम्पसका स्ववियु, शैक्षिक मुद्दा छाडेर विद्यार्थी नेता भने ठेक्कापट्टामा रमाउदै



काठमाडौं माघ, १९–
त्रिवि नियमावलीमा स्वतन्त्र विद्यार्थी युनियन (स्वयियु)को निर्वाचन हरेक दुई दुई वर्षमा हुने उल्लेख छ । तर, त्रिविको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसलगायत धेरै विद्यार्थी रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन नभएको १० वर्ष भइसक्यो । ०६५ पछि एकैचोटी ०७३ फागुनमा निर्वाचन मिति त तोकियो। तर निर्वाचन प्रणाली, उमेरहद र निर्वाचज गर्ने कि नगर्ने विषयमा विद्यार्थी संगठनबीच विवाद चर्किएको त्रिविका ६० मध्ये ३४ क्याम्पसमा निर्वाचन हुने सकेन ।

बाँकी २६ क्याम्पसमा विवादबीच निर्वाचन भयो । तर, ती क्याम्पसका स्ववियु पनि विद्यार्थीका मुद्दामा प्रभावकारी बन्न सकेका छैनन् । अहिले त्रिविले १४ फागुनमा स्ववियु निर्वाचनको मिति तोकेर तयारीमा लाग्न क्याम्पसहरुलाई पत्र पठाएको छ । तर, विद्यार्थी सङ्गठनहरु भने निर्वाचनमा जाने नजाने विवादमा प्रवेश गरको छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ३ : ०१ बजे