मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेनेजुएला प्रकरणमा प्रचण्डको विज्ञप्तिले ओली सरकारलाई तनाव, ओलीसँग रिसायो अमेरिका



काठमाडौं माघ, २०–
भेनेजुएला प्रकरणमा नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्ति प्रकरणले ओली नेतृत्वको सरकारलाई अफ्ठेरो परेको छ । प्रचण्डको विज्ञप्ति सार्वजनिक भए लगत्तै अमेरिकाले सरकारको आधिकारिक जवाफ माग्यो । सरकारले आफ्नो तर्फबाट छुट्टै विज्ञप्ति पनि जारी गर्यो । अमेरिकाले सरकारको विज्ञप्तिलाई प्रचण्डको विज्ञप्तिको सम्पादन मात्रै भन्यो । यद्यपि, प्रचण्डले आफूले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्ति नै सत्य रहेको भन्दै सचिवालय मार्फत अर्को विज्ञप्ति प्रकाशन गर्न पुगे । त्यति नै बेला  प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय समुदायलाई नेपालको राजनीतिबारे ब्रिफिङ गर्दै थिए ।
जहाँ प्रधानमन्त्री ओलीले विदेशी कुटनीतिज्ञसँग ब्रिफिङ गर्दैथिए त्यहाँ  अमेरिकी राजदूत रेन्डी बेरी सहभागी नै थिएनन् । अमेरिकाले नेतृत्व गरेको पश्चिमा शक्तिलाई केन्द्रमा राखेर गरिएको ब्रिफिङमा प्रधानमन्त्री ओलीले उनलाई नै देखेनन् । तर, प्रष्ट बनाउने कोशिश गरिरहेका थिए ।

नेपालको भू–राजनीतिक व्यवस्था, शान्ति प्रक्रिया, सत्य निरुपण र मेलमिलाप आयोगका काम सरकार आफैंले पूरा गर्ने बताइरहका थिए । तर, प्रचण्ड र परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने अमेरिकाले असन्तुष्टि जनाएर पत्र पठाइसकेको थियो ।

भेनेजुएलामा भएको राजनीतिक समस्यामा नेपालले बोल्न आवश्यक नहुँदा नहुँदै बोलेका कारण प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बन्धमा चिसोपन आएको छ । यो दुई मुलुकका कार्यकारी प्रमूखको मात्र नभएर विश्व राजनीतिको ध्रुवीकरण समेत भएको कुटनीतिक मामिला जानकार बताउँछन् ।

अमेरिकाले सरकारको धारणा माग गरेपछि परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा पनि खासै सुधार आउन सकेन । प्रचण्डकै विज्ञप्तिको नरम भाषामा विज्ञप्ति आएको भन्दै त्यसमा अमेरिका असहमत भयो । त्यो असहमति प्रधानमन्त्री ओलीको कार्यक्रममा राजदूतको अनुपस्थिति पनि रहेको टिप्पणी गरिएको छ ।

प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोसमा रहेका बेला प्रचण्डलाई विज्ञप्ति निकाल्न उकास्ने पर्दापछाडीका भिलेन भने नेता माधवकुमार नेपाल हुन् ।

ओलीको विकल्पमा आफू प्रधानमन्त्री बन्ने रहर पालिरहेका नेपालले कम्युनिस्ट कित्तामा उभिनुपर्ने भन्दै जावलाखेल बैठकमा प्रचण्डलाई विज्ञप्ति निकाल्न भनेका थिए ।

प्रचण्ड यति कडा विज्ञप्ति निकाल्न सहमत हुनुमा उनको नीजि स्वार्थ समेत रहेको बताइन्छ । प्रचण्ड पत्नी सीतालाई अमेरिका उपचार गराउनका लागि अपिल गरिएको भिसा नपाएका कारण पनि भेनेजुएला प्रकरणमा नेकपाको आधिकारीक धारणा बोल्न लगाइएको हल्ला चल्न थालेको छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : ४४ बजे