काठमाडौं माघ, २०–
नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारलाई व्यंग्यात्मक बधाई दिएका छन् । सांसद थापाले डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक पारित गर्न सफल भएकोमा सरकारलाई व्यंग्य गरेका हुन् ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकमासांसद थापाले भने, ‘एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुईतिहाइको सरकारसँग, यस्तो बलियो सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ ।’
उनले कांग्रेसको विरोधकाबीच विधेयक पारित गर्ने सत्ता पक्षीय सांसद्हरूप्रति समेत व्यंग्य गरे ।
सरकारको यस्तो अपार सफलतामा सरकार बनाउने सांसदहरू खुसी नहुने कुरै भएन, थापाले भने, ‘लोकमानसिंह कार्कीदेखि लिएर कालिकास्थानको टहरामा मेडिकल कलेज चलाउन खोज्नेसम्म खुशी भएका छन् । यत्रो जमातलाई खुशी बनाउने कम्युनिस्ट सरकारलाई बधाई छ ।’
‘सरकारको दुईतिहाइको दम्भ देख्नै पाएका थिएनौं । अनेक ठाउँमा दुई तिहाइको दम्भ देख्न पाएनौं । कमरेड मनमोहनका लागि दुईतिहाइ पुर्याउन नसके पनि कमरेड मार्सीमोहनका लागि दुईतिहाइ पुर्याउन सकेकोमा बधाई छ ।’
अर्थतन्त्र संकटउन्मुख रहेको र कुनैपनि बेला ढल्न सक्ने भन्दै गगनले प्रधानमन्त्रीको इमानमा ठेस र विश्वासमा डडेलो लागेको बताए ।
सांसद थापाले भने, ‘आफ्नो दायाँबायाँ सबैतिर भ्रष्टाचारी रहेपनि प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिन भन्दा आफूलाई चिन्ता लगेको उनको भनाइ छ । ुप्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै हेर्दिन भन्नुभयो, तर उहाँको दायाँबायाँ सबैतिर भ्रष्टाचार छ ।’