मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ७७ वटै जिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गर्दै, केन्द्रीय नेताहरु कसले कहाँ सम्बोधन गर्दैछन् ?



काठमाडौं माघ, २१–
आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दैछ । ७७ वटै जिल्लामा हुन लागेको विरोध प्रदर्शनलाई सम्बोधन गर्न कांग्रेसका शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगिसकेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्। पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।

नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्। युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने छन्।

पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए। काठमाडौंमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।

उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन्। सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  २ : ०३ बजे