मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली सरकारलाई फोरमको झट्का, कार्यशैली नसच्चिए सरकारबाट बाहिरिने चेतावनी



काठमाडौं माघ, २२–
सत्ता साझेदार दल संघीय समाजवादी फोरमले सरकारसँग गम्भिर असन्तुष्टि व्यक्त गरेको छ । फोरम प्रमुख सचेतक उमाशंकर अगरियाले सरकार संविधान संशोधन, वाइडवडी खरिद घोटालालगायतका विषयमा गम्भिर नबने सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएका छन् । फोरमले संविधान संशोधन, वाइडवडीमा भएको भ्रष्टाचार, प्रमुख जिल्ला अधिकारीलाई दिन लागेको अनावश्यक अधिकारजस्ता विषयमा सरकारसँग असन्तुष्टि जनाएको उनको भनाइ छ । यी बिषयमा टुंगो नलागे आफूहरू सरकारबाट फिर्ता हुने उनको भनाइ छ । यही विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको उनले जानकारी दिए ।

उनले कांग्रेसले नसकेपछि आफ्नो पार्टीले प्रतिपक्षीको समेत भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
‘कानून निर्माणमा भइरहेको ढिलाइ, भ्रष्टाचार, अनियमितताको सशक्त विरोध गर्ने दायित्व प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको थियो’, उनले थपे, ‘कांग्रेसले नसकेपछि सत्तारुढ भएर पनि प्रतिपक्षको भूमिका हाम्रै पार्टीले खेलिरहेको छ ।’
उनले भूमिका प्रतिपक्षको जस्तो हुने भएपछि सरकार बसिराख्नुको अर्थ नभएको प्रष्ट पारे ।
पार्टीका सांसद् हरिनारायण रौनियारलाई संविधान र संसद् नियमावलीविपरीत निलम्बन गरिएकोमा पनि उनले रोष प्रकट गरे ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ५ : ३८ बजे