काठमाडौं माघ, २३–
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको माग गरेकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था हुनुपर्ने माग गरेकी हुन् ।
सांसद भुसालले पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै बलात्कारीलाई कडा सजायको आवश्यकता रहेको बताईन् । उनले महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको आरोप पनि लगाईन् ।
शून्य समयमा बोल्दै भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुमेको तर, सरकारले भने हत्यारा पक्राउ परिसक्यो भनेर गलत सूचना दिदैँ हिँडेको बताईन् ।
२३ माघ २०७५, बुधबार
0
Shares