मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि तीन दिनसम्म देशभर वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने, हिमाली क्षेत्रमा हिमपहिरो समेत जानसक्ने



काठमाडौं माघ, २४–
आजदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पश्चिमी क्षेत्रमा हिमपात र वर्षा तथा राजधानी काठमाडौं उपत्यकामा बिहानैदेखि पानी पर्ने महाशाखाले जनाएको छ ।
बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना भएको महाशाखाले औंल्याइएको छ ।

‘उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू–भागमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘उपत्यकामा आज बिहानैदेखि पानी पर्छ र दिउँसो पनि बादल लागिरहनेछ। यो क्रम शुक्रबारसम्म चल्नेछ।’

आज सामान्यदेखि पूर्ण बदली भई देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र पश्चिमी साथै मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षा हुने सक्ने बताइएको छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

वर्षासँगै हिमपात हुने भएकाले शनिबारसम्म चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा रहेको भन्दै मौसमविदले केही दिन ‘ट्रेकिङ’ नजान सुझाव दिएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  २ : २४ बजे