ओली प्रचण्डबीचको सम्बन्धमा दरार, झन् झन् उग्र बन्दै मतभेद



काठमाडौं माघ, २६–
भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ ।

आजको नागरिक दैनिकले छापेको छ ।

भेनेजुएला प्रकरणमा नेकपालाई दुई अध्यक्ष दाहाल र केपी शर्मा अ‍ोलीबीच दोहोरी चलिरहेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’को रुपमा अथ्र्याएका थिए ।

त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने बताएका थिए ।

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  १ : ४९ बजे