बिदेश भ्रमणमा बचेको रकम सरकारलाई फिर्ता गर्ने कोइराला जस्तो प्रधानमन्त्री अब देशले पाउला ?



काठ्माण्डौ-

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको  सम्झनामा  शनिबार देशभर बिभिन्न कार्यक्रमहरु गरी उनको समझना गरिएको छ ।

संविधानका पिताको रुपमा स्मरण गरिने सुशील कोइरालाको निधन भएको ३ वर्ष पुगेको छ । अत्यन्तै प्रतिकुल अवस्थामा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान सभाबाट नयाँ संविधान जारी भएको थियो । संविधान सभाबाट नयाँ संविधान जारी भय सगै मुलुक राजनीतिक स्थायित्व सहित  नयाँ दिशामा प्रबेश गरेको थियो ।  नयाँ संविधान जारी भय सगै  लगातारको लामो राजनितिक द्वन्द, सदियौ देखी मिलेर बसेको जनसमाजमा राजनितिक पार्टिकै अगुवाइमा जातिय, छेत्रीय बिभाजन र चरम राजनैतिक अस्थिरता बाट देशले उन्मुक्ती पाएर बिकाश र सम्बृद्धी को मार्गमा मुलुक जाने आशा गरिएको थियो ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको ३ वर्ष पुगेको छ तर संविधान जारी भएर संविधानले परिकल्पना गरे अनुसार ति नै तहको निर्बाचन सकिएर दुइ तिहाइ बहुमतको सरकार देशले पाउदा समेत जनाताले शान्ति-सुरक्षा,बिकाश र सुशासनको अनुभुती गर्न सकेका छैनन ।

भ्रष्टाचार रहित सादा जिबनका लागी कोइराला स्मरणिय रहेका छन । पाकिस्तानका राष्ट्रपती इमरान खानले समेत स्वर्गिय कोइरालाको सादा जिबन शैलिले आफुलाई प्रभाबित पारेको बताएका थिय । कोइरालाको नेतृत्वमा जारी भएको संविधान र संविधान अनुसारको बर्तमान निर्बाचित सरकारका गतिबिधी हेर्दा प्रधानमन्त्री बिदेश भ्रमण बाट फर्किदा बचेको भ्रमण खर्च समेत परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई फिर्ता गर्ने कोइराला जस्तो प्रधानमन्त्री अब देशले पाउछ कि पाउदैन भन्न सकिदैन ।

प्रधानमन्त्री हुँदा कोइरालाले प्रधानमन्त्री कार्यालयको खर्च वेभ साइट मा राखेर पारदर्सिता कायम गराउने थालनी गरेका थिय ।तर अहिलेको सरकारले मन्त्री परिषद निर्णय समेत समयमा सार्बजनिक नगर्ने पद्दति बसाएर सुशासनको ढोका बन्द गरेको छ ।

अहिले एक पछी अर्को भ्रष्टाचार काण्ड देशले बेहोर्न थालेको छ ।वाइड बडीमा भएको भ्रष्टाचारमा सम्लग्नलाई कार्बाही गर्न सरकारकै निकायले सिफारिष गर्दा समेत कसैलाई कार्बाही हुन सकेको छैन । नेपाल टेलिकम फोरजि परियोजना,लगायत अन्य ठुला परियोजनामा ठुलो मात्रामा भ्रष्टाचार भएको हुन सक्ने अशङ्काहरु सार्बजनिक हुँदा समेत भ्रष्टाचार नियण्त्रण गर्ने सरकारी निकायहरु निदाएका देखिन्छन ।

भ्रष्टाचार शुन्य सादा जिबन शैलि,पारदर्शी राज्य ब्यबस्था र लोकतन्त्रका लागी जिबन समर्पण गरेका कोइरालाबाट अहिलेको सरकार र अहिलेको राजनितिक पुस्ताले थोरै मात्र पनि सिक्न सके र स्मरण गर्न सके देशले केहि पाउथ्यो होला सायद्, आज स्वर्गिय शुशिल कोइराला लाई देशभर स्मरण गरिएको छ र कोइराला सदैब स्मरणिय नै रहिरहने छन ।

 

प्रकाशित मिति : माघ २६, २०७५ शनिबार  ११ : ०५ बजे