मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ औं अधिवेशनबारे गगनले मुख खोलेः ‘आवश्यक परे सभापति लड्न पनि तयार छु’



गोरखा माघ, २७–
नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली कांग्रेसको सभापतिमा लड्ने आशय व्यक्त गरेका छन् । आइतबार बिहान गोरखा सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आवश्यक परे चौधौं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नेता थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने प्रष्ट पारे ।

पुराना पुस्ताले नेतृत्व गर्दा पार्टी पोखरी जस्तो भएकाले पार्टीलाई नदी जस्तो बनाउन नयाँ पुस्ताको नेतृत्व चाहिने उनको भनाइ थियो । । नेता थापाले भने, ‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ ।’ उनले थपे ‘पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ।, त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनु पर्छ’,

नेपाली कांग्रेसमा आस्था रख्ने नयाँ पुस्ताको माग अनुसार आफू चौधौं अधिवेशनमा आफू केन्द्रीय सदस्य मात्र, होइन केन्द्रीय सह महामन्त्री, सभापति जे बन्न पनि तयार रहेको थापाले स्पष्ट पारे ।

‘कथाले जे माग्छ , म त्यो गर्न तयार छु ।’ थापाले भने ‘तर एउटै कुरा के हो भने पहिलो पुस्ताका नेतालाई बडो सम्मानकासाथ अभिभावक बनाएर राख्नुपर्छ । नयाँ पुस्ताका आम कांग्रेसको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्छ ।’

पहिलो पुस्ताले अहिलेसम्म पार्टीको इतिहास भजाएर मात्र काम चलाएकाले नयाँ इतिहास रच्न नयाँ पुस्ताको खाँचो रहेको उनको तर्क छ । ‘कांग्रेस असाध्यै धेरै नोस्टाल्जिक भयो, विगतमुखी भयो । कांग्रेसलाई किन भोट हाल्ने ? भन्दा २००७ साल, २०१५ साल, २०४६ साल, २०६२ सालमा कांग्रेसले यसो गर्यो मात्र भन्यौं । थापा भन्छन् ‘२०८० सालमा कांग्रेसले यसो गर्छ त्यसैले कांग्रेस रोजौं भन्ने आधारभूत मान्यता बनाउन सकेन’

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ६ : २३ बजे