स्वास्थ्य मन्त्रालयमा प्रहरीको लाठीचार्ज, धर्नामा बसेका २५ चिकित्सक पक्राउ



काठमाडौं माघ, २७–
स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका २५ जना चिकित्सक पक्राउ परेका छन् । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै उनीहरु स्वास्थ्यमन्त्रालय भित्र धर्नामा रहेका थिए । चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफ्नो माग सम्बोधन गर्न सरकारलाई दबाव दिँदै उनीहरु बिहान १० बजेदेखि नै स्वास्थ्यमन्त्रालयमा धर्ना दिन बसेका थिए । आफूहरुको शान्तीपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरी लाठीचार्जसमेत गरेको गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले खबरहबलाई बताए ।

‘सरकारले हामीसँग गरेको सहमति कार्यन्वय गर्न माग गर्दै हामीले स्वास्थ्य मन्त्रालयमा शान्तिपूर्ण धर्ना दिएका थियौं, प्रहरीले साढे १ बजे हाम्रो शान्तिपूर्ण धर्नामा दमन गर्यो‍’ गोदानका अध्यक्ष पाण्डेले भने, ‘हाम्रा ३ जना चिकित्सक साथीहरु घाइते हुनुभएको छ । २५ जनालाई प्रहरीले गिरपर्तार गरेको छ ।’

प्रहरीको लाठीचार्जमा डाक्टर सुबोध ज्ञावली, डा. कपिल गौतम र डा. राकेश यादव घाइते भएको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ८ : ५३ बजे