मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा आयोगको प्रतिवेदन संसदमा पेश गर्न कांग्रेसको माग, छलफल नगरी ल्याईएको कानुन अमान्य हुने चेतावनी



काठमाडौं माघ, २९–
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शिक्षा आयोगको प्रतिवेदन संसदमा पेश गर्न माग गरेको छ । मंगलबार राष्ट्रिय सभाको बैठकमा बेल्दै सांसद राधेश्याम अधिकारीले उक्त माग गरेका हुन् ।
सांसद अधिकारीले राष्ट्रिय सभाको विशेष समयमा बोल्दै आयोगले प्रतिवेदन बुझाएको महिनौं बित्दा समेत प्रतिवेदन सार्वजनिक नगरिएको प्रति आपत्ति जनाए।
उनले प्रतिवेदन सार्वजनिक नगरी कानुन निर्माण अगाडि बढाउन नहुने तर्क गरे।

सांसद अधिकारीले भने, ‘आयोगको प्रतिवेदन सार्वजनिक गर्न नपर्ने कारण के हो’, अधिकारीले बैठकमा सोधे, ‘यो सुरक्षासँगसम्बन्धी विषय हो कि सार्वभौमसत्ता खतरामा पर्‍यो।’

उनले शिक्षक, विद्यार्थी, झुपडीदेखि महलमा बस्ने सबैको सरोकार प्रतिवेदनमा रहेको बताए।

‘सदनलाइ गुमराहमा राखेर प्रतिवेदन पेश नगर्नु आश्चर्य र विस्मयको कुरा हो। शिक्षाको कुरा सरकारको मात्रै मन्त्री वा मन्त्रालयको कुरा मात्र भन्ने ठान्नु ज्यादती हो’, अधिकारीले भने।

उनले प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति सरकारलाई व्यङ्ग समेत गरे।

‘आफूलाई आवश्यक परे संसदीय सर्वोच्चता तर महत्वपूर्ण विषय भए छलफलमा कुनै चासो छैन’, अधिकारीले भने, ‘आयोगको प्रतिवदेनमाथि छलफल नगरी कुनै पनि कानुन ल्याइए मान्य हुँदैन। त्यसकानिम्ति जुनसुकै हदमा जान सक्छौं। अन्धकारमा राखेर विधेयक बनाइनुहुन्न।’ उनले संसदमा प्रतिवेदन ल्याउन शिक्षा मन्त्रीको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ७ : ०४ बजे