मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई तिहाइको कम्युनिष्ट सरकार गतिहीन देखियोः कांग्रेस नेता रामचन्द्र पोडेल



चितवन माघ, २९–
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्नुको साटो जनताको अपेक्षामा निरासा भर्ने मात्रै काम गरेको आरोप लगाएका छन् । मंगलबार नेपाल प्रेस युनियनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकार गतिहीन देखिएको आरोप लगाए ।

पौडेलले भने, ‘गतिविधि भन्नुपर्दा गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्छ ।’ उनले प्रतिपक्ष चुस्त हुँदै सरकारको कामको निगरानीमा लागेको पनि बताए ।

फरक प्रसङ्गमा नेता पौडेलले पार्टीको केन्द्रीय समितिका पदाधिकारी र सदस्य वडा तहवाटै निर्वाचित भएर आउनुपर्ने प्रष्ट पारे । महासमितिले निर्णय गरिसकेको भन्दै उनले केही साथीले वडा तहबाट चुनाव लड्न किन जाने भनेको भए पनि त्यो सम्भावना नरहेको बताए ।
नेपाल विद्यार्थी सङ्घको केन्द्रीय समिति नरहेकाले पार्टीको विधानअनुसार नयाँ व्यवस्था गर्ने उनको भनाइ थियो । केन्द्रीय समितिले आफ्नो दायित्व पूरा गर्न नसकेको उल्लेख गर्दै नेता पौडेलले यस्तो अवस्थामा विधानमा उल्लेख भएअनुसारको व्यवस्था गरिने प्रष्ट बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : ०९ बजे