मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका मेयरले जितेको धनगढी उप–महानगरपालिका देशभरीकै उत्कृष्ट बन्न सफल



कैलाली फागुन, ३–
योजना कार्यान्वयनमा कैलालीको धनगढी उप–महानगरपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । नगरविकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा उप–महानगरपालिका देशकै पहिलो बन्न सफल भएको हो ।

नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरेको छ ।

कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सम्मानपत्र प्रदान गरिएको छ । शहरी विकासमन्त्री महम्मद इश्तियाक राईले उपमहानगर प्रमुख वडलाई प्रमाणपत्र प्रदान गरेका हुन । मेयर वड नेपाली कांग्रेसको तर्फबाट मेयरमा विजयी बनेका हुन् । उक्त कार्यक्रममा शहरी विकासमन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले भने, ‘स्थानीय तह बिच राम्रा सिकाइहरु हस्तान्तरण गरिनु पर्छ,’
उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान ग्रहण गर्दा आफूहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ४४ बजे