मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं.३ मा नयाँ शक्तिबाट निर्वाचित सांसद नेपाली कांग्रेसमा प्रवेश गर्दै



काठमाडौं फागुन, ६–
नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेश नं.३ का एकमात्र सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्न लागेका हुन् ।
गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए।

आगामि फागुन १३ गते रसुवामा एक बिशेष कार्यक्रम गरेर नयाँ शक्तिका सांसद तमाङ कांग्रेस प्रवेश गर्न लागेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा तमाङलाई पार्टी प्रवेश गराउन रसुवा पुग्दैछन्। कांग्रेस नेता गगन थापाले प्रदेश सांसद प्रेम तमाङ कांग्रेस प्रवेश गर्न लागेको पुष्टि गरेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : २९ बजे