राष्ट्र बैङ्कले गर्‍यो बैकहरुलाई कडाई, पुुर्नकर्जामा आठ प्रतिसत भन्दा बढी व्याज लिन नपाउने



बैक तथा फाईनान्स कम्पनीहरुले पुुर्नकर्जामा आठ प्रतिसत भन्दा बढी व्याज लिन नपाउने भएकाछन । नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंक तथा फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
निर्देशन अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याएको रकमलाई आर्थिक वर्ष २०७६÷०७७ देखि लागू हुुने गरी वित्तीय साक्षरता प्रवद्र्धन गर्नेल गायतका कार्यहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रत्येक वर्ष १० प्रतिशतका दरले खर्च गर्न निर्देशन दिएको छ । यसैगरी साधारण पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट आठ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।
निर्यात पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : ४३ बजे