मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छुरा प्रहार गरी सुनसरीमा एक महिलाको हत्या, हत्यारा नियन्त्रणमा



प्रदेश नम्बर १ को  इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो ।

हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका हुन्।

राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ९ : ३८ बजे