मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव नेकपाले लियो एनसेलमाथि गरिएको बम विस्फोटको जिम्मेवारी



काठमाडौं फागुन, १२–
नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय र देशका विभिन्न जिल्लामा रहेका टावरमाथि गरिएको बम विस्फोटको जिम्मा जिम्मेवारी लिएको छ ।

शुक्रबार राति एनसेलको मुख्यालय र देशैभरी बम विष्फोटसहित टावरमा आगजनी गरिएको थियो । एनसेलले ७३ अर्बभन्दा बढी कर छलेको, अदालतले गरेका निर्णय पालना नगरेको, नेपालमा प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँका कर्मचारीहरूलाई खरिद गरेको, टेलिकमका कर्मचारीलाई प्रभावित पारी आफ्नो ग्राहक संख्या बढाएको लगायतका गम्भीर गल्ती गरेकोले कारवाही गरिएको नेकपाले दावी गरेको छ ।
नेकपाले एक पर्चा जारी गरी एनसेलमाथि गरिएको आक्रमणको जिम्मा लिएको हो । पर्चामा नेकपाले अहिले गरिएको कारवाही चेतावनीस्वरूप सांकेतिक मात्र भएको समेत जनाएको छ । साथै, यसको अवज्ञा गरेर कर नतिरे एनसेलले थप गम्भीर परिणाम भोग्नुपर्ने उसको चेतावनी छ ।

नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटमा ३ जना घाइते भएका थिए । घाइतेमध्ये सिंहप्रसाद गुरुङको उपरचारका क्रममा मृत्यु भइसकेको छ भने बाँकी २ जनाको उपचार भइरहेको छ । नेकपाले ललितपुरमा एक जनाको ज्यान गएको घटनालाई दुःखद् भन्दै व्यक्ति वा सर्वसाधारणप्रति कुनै लक्षित वा मानवीय क्षति गर्ने योजना नरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १० : ३२ बजे