मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको विधान बहुमतले पारित :महाधिवेशनका लागि केन्द्रीय सदस्यहरुले तल्लो तहमा निर्वाचित  भएर आउनु नपर्ने



नेपाली कांग्रेसको पार्टी कार्यालयमा जारी केन्द्रिय समिती बैठकले पार्टीको विधान बहुमतले पारित गरेको छ ।

महाधिवेशनका लागि केन्द्रीय सदस्यले तल्लो तहमा निर्वाचित  भएर आउनु पर्ने माग पार्टिको यस अघी सम्पन्न महसमिती बैठकमा जोडदार रुपमा उठेको भए पनि केन्द्रिय समिती बैठकले महाधिवेशनका लागि केन्द्रीय सदस्यले तल्लो तहमा निर्वाचित  हुन नपर्ने विधान बहुमतले पारित गरेको छ ।

महामन्त्री पूर्णबहादुर खड्काले विधान पेस गरेको बिधानको मसयौदा प्रती नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला पक्षले विरोध जनाएका थिए । पार्टीको केन्द्रीय सदस्यले महाधिवेशनमा सहभागी हुन तल्लो तहबाट निर्वाचित हुनु पर्ने वा स्वतः हुन पाउन भन्ने विवाद रहँदै आएको थियो ।

तेस्तै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले हालै देशका केहि स्थानमा भएका बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले गुरुङको परिवारप्रति समवेदना प्रकट गर्दै तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।

आजको बैठकमा कांग्रेस बारीष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु गगनकुमार थापा, कृष्णप्रसाद सिटौला, डा  रामशरण महत, अर्जुननरसिंह के सी , बलबहादुर के सी , बालकृष्ण खाँण, नविन्द्रराज जोशी,  चन्द्र भण्डारी, शंकर भण्डारीले आफ्नो धारणा राखेका थिय ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  २ : ०६ बजे