मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार र आन्दोलनरत सरकारी चिकित्सकबीचको वार्तामा जुटेन सहमति



काठमाडौं फागुन, १३–
सरकार र आन्दोलनरत सरकारी चिकित्सक संघबीच भएको वार्ता विनानिष्कर्ष सकिएको छ । सोमबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव र आन्दोलनरत सरकारी चिकित्सकबीच भएको वातामा कुनै सहमति हुननसकेको सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर दिपेन्द्र पाण्डेले बताए ।

मन्त्रालयले चिकित्सकको माग जायज भएको स्वीकारे पनि निकासको बाटो तय हुन नसक्दा वार्ता निष्कर्षविहिन बन्न पगेको बताईएको छ ।

सरकारी चिकित्सक संघले कर्मचारी समायोजनको विषयमा विरोध जनाउँदै आएको छ । उसले माग सम्बोधनको लागि आइतबारदेखि लागू हुने गरी सरकारलाई ७२ घण्टे अल्टिमेटम समेत दिएको छ ।

संघले मंगलबारसम्म माग सम्बोधन नभए बुधबारदेखि स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १० : २१ बजे