मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्टहरुकै कारण शान्ती र सुशासन नआउने भयो: कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल



रसुवा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले विप्लवले शुरु गरेको हिंसात्मक द्वन्द्वलाई रोक्न नखोज्नु रहस्यमय विषय उल्लेख गरेका छन ।कांग्रेसकै पहलमा मुलुकमा  द्वन्द समाधान भइ शान्तिको मार्गमा देश जान थालेको बेलामा फेरी कम्युनिष्टहरुकै कारण  देश द्वन्दमा जाने खतरा बढेकोमा नेता पौडेलले चिन्ता ब्यक्त गरेका छन ।

कम्युनिष्टहरुकै कारण नेपालमा शान्ती र सुशासन ल्याउन नसकिने हो कि भन्ने प्रश्न उठेको भन्दै पौडेलले झापामा केपी ओली संलग्न तत्कालिन मालेले सुरु गरेको हिंसात्मक द्वन्द्वलाई प्रचण्डले बढावा दिएको बताउँदै अहिले दुवै नेताले नेतृत्व गरेको सरकारले विप्लवको हिंसात्मक द्वन्द्वलाई रोक्न नखोज्नु रहस्यमय विषय उल्लेख गरे।

रसुवामा नयाँ शक्ति नेपालका प्रदेश सांसदसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गराउँदै नेता पौडेलले कम्युनिष्टहरुको वास्तविकता जनताले थाहा पाउन थालेको र कम्युनिष्ट प्रतिको आकर्षण अब सकिदै जाने र  ‘अब कांग्रेस प्रवेशमा लर्को लाग्छ।’ पौडेलले भने ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ३६ बजे