मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माउबिनै चल्ला निकाल्ने प्रविधि बनाए १६ बर्षीय नेपाली युवाले



काठमाडौं फागुन, १४–
कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीमा एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् ।

गुप्ता आफैँले निर्माण गर्नुभएको उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल हुनुभएको हो । यसका लागि उहाँले स्याउको कार्टुनको प्रयोग गर्नुभएको छ । उक्त कार्टुनको चारैतिर थर्माकोल लगाएर दुई भागमा विभाजन गरिएको छ । यो समाचार गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : ५२ बजे