मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवलपुरमा बस दुर्घटना, ११ जना घाइते, दुईको अवस्था गम्भिर



नवलपुर फागुन, १४–
नवलपुरको मध्यविन्दु नगरपालिकामा यात्रुबहाक बस दुर्घटना भएको छ । मध्यविन्दुस्थित अरुणखोलामा भएको बस दुर्घटना ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घाइतेहरु मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।
मंगलबार बिहान रुकुमबाट काठमाडौंको लागि छुटेको ना ७ ख २६५३ नम्बरको बस मध्यबिन्दु नगरपालिका १० को अरुणखोला जंगलमा विपरीत दिशातर्फ जाँदै गरेको पिबी १३ बीसी ५९८० नम्बरको भारतीय ट्रकसँग ठोक्किँदा बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा रुकुम खलङगा गाउँपालिका –८ बस्ने २५ वर्षको नरसिंह परियार र सोहि ठाउँकी २२ वर्षीया मनिका पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ६ : ५१ बजे