मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस पार्टी कार्यालयबाहिर नेविसंघको नाराबाजी, तदर्थ समिति गठन गर्दा ३२ बर्षे हद कायम गर्न माग



काठमाडौं फागुन, १४–
नेपाली कांग्रेसको पार्टी कार्यालयबाहिर नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरुले नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

मंगलबार असन्तुष्ट विद्यार्थीले तदर्थ समिति गठन गर्दा ३२ वर्षमूनिको उमेर सूमहबाटै नेतृत्व चयन गर्नुपर्ने र गुटबन्दीको अन्त्य गर्नुपर्ने भन्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले पार्टी नेतृत्वलाई ३२ वर्षे उमेरहद कायम गर्नका लागि दबाब दिन धर्ना दिइएको बताए। उनले भने, ‘हामीले नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षभन्दा माथिको नेतृत्व आउन हुन्न भनिरहेका छौं। त्यसैलै नेताहरुलाई भेटेर ध्यानाकर्षण गराइरहेका छौं ।’

भट्टले विधानमा इकाई अध्यक्ष र स्ववियु सभापति केन्द्रीय प्रतिनिधि रहने प्रावधान राख्नेबारे पनि पार्र्टी नेतृत्वलाई अनुरोध गरिरहेको बताए। धर्नामा निवर्तमान केन्द्रीय सदस्य भट्टसहित नवराज त्रिपाठी र रत्नहरि ढुंगेल, विद्यार्थी नेताहरु निरञ्जन थापा लगायत नेता तथा कार्यकर्ताहरु छन्।

कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघको नयाँ नेतृत्व ल्याउने विषयमा गहन छलफल गरिरहेको बताइएको छ। यसअघि आइतबार सानेपामा नेविसंघकै दुई पक्षले विरोध प्रदर्शन गर्दा एक आपसमा झडप भएको थियो। पार्टी कार्यालय सानेपाबाहिर विद्यार्थीको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ९ : २८ बजे