मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बृद्ध दम्पत्तिलाई ज्यूँदै आगोमा जलाएर हत्या गरियो



सप्तरी फागुन, १४–
सप्तरीमा ज्यूँदै जलाएर एक दम्पत्तिको हत्या गरिएको छ । खड्ग नगरपालिका ५ खरचुहियाका ७० बर्षीय सबुरी साह र उनकी पत्नी ६५ बर्षीया बेचनी देवीलाई ज्यूँदै आगो लगाएर हत्या गरिएको प्रहरीले जनाएको छ । सप्तरी प्रहरीका अनुसार कपडामा छोपेर आगो लगाइएको अवस्थामा शव फेला परेको हो ।
मंगलबार बिहान दूध लिएर आउने व्यक्तिले साहको ढोका नखुलेको र घरको झ्यालबाट धुवाँ आइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घट्नास्थल पुगेर घरको ढोका तोडेर भित्र पस्दा जलेको अवस्थामा दुबैको शव फेला परेको हो ।

साह दम्पतिको हत्या कसले र किन गर्‍यो भन्ने खुलेको छैन । हत्यारा पत्ता लगाउन तालिम प्रााप्त कुकुरसहित टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार घटना स्थलमा रगतको छिटा समेत देखिएको छ । मृतक साहले व्याजमा रकम लगानी गर्दै आएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : ३३ बजे