मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुनः हिउँ पर्यो, जाडो बढेपछि जनजीवन प्रभावित



काठमाडौं फागुन, १५–
सुदूरपश्चिम पहाडी जिल्लाहरुमा फेरी हिउँ पर्न सुरु भएको छ । हिमपातसँगै चिसो बढेपछि ति जिल्लाहरुको जनजीवन समेत प्रभावित बनेको छ ।
पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो ।

करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ । केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको हो ।

जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ । एक्कासि बढेको चिसोले विशेषगरी वृद्ध–वृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।

पटकपटकको हिमपातले पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि वर्षाका कारण सिचाइँ हुने खेतमा लगाइएको गहुँलगायतको अन्नबाली भने नहुँने हो कि भन्ने पीर यहाँका किसानमा छ । यो वर्ष डडेल्धुरामा पाँचौपटक हिमपात भएको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ५ : १७ बजे