अस्पतालको सेवा बन्द गरेर सरकारी चिकित्सक आन्दोलनमा, मर्काजति सर्वसाधारणलाई



काठमाडौं फागुन, १५–
सरकारी चिकित्सकहरू आन्दोलमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरू आन्दोलित भएसँगै बिरामी मर्कामा परेका छन् ।

बुधबारदेखि देशैभरका १४ सय सरकारी चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवामा काम नगरेपछि बिरामीको उपचारमा प्रभाव परेको छ ।
सरकारी चिकित्सकहरू कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनहरुले विधेयक सच्याउनु पर्ने मागसहित आजदेखि आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् ।
सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सेवा सुविधा दिएर सरकारी सेवाप्रति चिकित्सकहरूलाई आकर्षित गर्नु पर्नेमा झन निरुत्साहीत पार्न खोजेको भन्दै आन्दोलन गर्नुपरेको बताए ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  ५ : ३२ बजे