मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाः मन्त्री अधिकारीसहित सबै ७ जनाको निधन



काठमाडौं फागुन, १५–
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबै ७ जनाको निधन भएको छ । नागरिक उड्यान प्राधिकरणले सबैको निधन भएको पुष्टि गरेको छ । पाथिभरा नजिकैबाट बेपत्ता भएको भनिएको एयर डाइनेस्टी हेलिकोप्टरमा पर्यटनमन्त्री अधिकारीसहित
यति एयरलाइन्सका अध्यक्ष आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ, वीरेन्द्र श्रेष्ठ लगायत रहेका थिए । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए।

एएमआई अल्फा माइक इन्डिया कलसाइन रहेको हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। पाथिभरा मन्दिरको दर्शनपछि उनीहरु बिमानस्थल अवलोकनका लागि उडेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ३५ बजे