मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसरि दिए दिबाङ्गत मन्त्री रबिन्द्र अधिकारीप्रति श्रद्धाञ्जली



नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रबिन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले श्रद्धाञ्जली अर्पण गर्दै आफुले रबिन्द्र अधिकारीसंगको साथ सधैभरि याद गरिरहने जनाएका छन् ।

यस्तो छ उनको श्रद्धाञ्जली

रवीन्द्र अधिकारि कुनैबेला अनेरास्ववियुको अध्यक्ष दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथी उठाएर `लोकतन्त्रका सवालमा सम्पुर्ण एकता´ को निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र म संगै रविन्द्रजिको सकृय भुमिका स्मरण गरिरहेको छु l राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र ब्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए l कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर l उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ l ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मित्र रविन्द्र संगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु l

विश्वप्रकाश शर्मा प्रवक्ता

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  २ : ५८ बजे