मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पश्चिमी वायुको प्रभावले देशैभर बर्षा, काठमाडौं उपत्यकाभित्रै हिउँ पर्यो



काठमाडौं फागुन, १६–
पश्चिमी वायुको प्रभावका कारण फेरि देशभर वर्षा भइरहेको छ । बुधबार रातिदेखि भएको बर्षले काठमाडौं उपत्यकाभित्र ैहिमपात भएको छ ।

बुधबार काठमाडौं उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना परेको थियो । यतिबेला ललितपुर जिल्लाको लाकुरी भन्ज्याङसहितका विभिन्न स्थानमा हिमपात भएको छ ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्य प्रशान्त सागरमा ल्यानिनो चक्र चल्दा नेपालमा बढी वर्षा भएको बताउँछन् । ‘प्रशान्त सागरमा ल्यानिनो र इल निनो नामका जलचक्र ३ देखि ५ वर्षमा साइकलजस्तै चल्ने गर्छ,’ शाक्यले भने, ‘ल्यानिनो चक्र चल्दा प्रशान्त महासागरको पूर्वी भेगमा औसतभन्दा कम तातो भएर नेपालमा धेरै वर्षा हुन्छ भने इल निनो चक्र चल्दा प्रशान्त महासागरको पूर्वी भेगमा औसतभन्दा धेरै तातो भई नेपालमा कम वर्षा हुन्छ ।’

शाक्यका अनुसार हरेक जाडो मौसममा पश्चिमी वायु चल्दा समुद्रवरिपरि औसतभन्दा कम तातो भई जलवाष्पलाई ठेल्दै–ठेल्दै इरान हुँदै पाकिस्तान, जम्मु–कास्मिरबाट पश्चिम नेपाल प्रवेश गरी वर्षा हुन्छ । यो हिउँदमा ल्यानिनो चक्र चलेकाले धेरै पानी परेको हो । इल निनो चक्र चल्दा नेपाललगायत दक्षिण एसियाका देशमा कम वर्षा भएर सुक्खा हुन्छ । इल निनो चक्र चलेको वर्ष सन् १९८१–८२ र १९९७–९८ मा नेपालमा धेरै सुक्खा भएको शाक्यले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : १८ बजे