मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङमा जीप पल्टियो, २ जनाको मृत्यु



दाङ फागुन, १६–
दाङको तुलसीपुर उपमहानगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकामा १९ बाहिरी संक्राममा भएको जीप दुर्घटनामा अन्य ५ जना भने घाइते भएका छन् ।
बुधबार साँझ दाङकै दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जीप सडकबाट करिब १ सय मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीपमा सवार तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  ५ : ०० बजे