मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस स्वतन्त्रताप्रति दुईतिहाईको कम्युनिष्ट सरकार गम्भीर देखिएनः कांग्रेस सभापति शेरबहादुर देउवा



भीमदत्तनगर फागुन, १७–
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताएका छन् । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताए ।

उनले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप पनि लगाए । सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले पर्याप्त बजेट नदिएको बताउँदै सभापति देउवाले महाकाली नदीमा चार लेनको पुल बनाउन सकिए सुदूरपश्चिमको मात्र नभई देशकै विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउँदले अन्धकार र तानाशाहीका विरुद्ध पत्रकारहरु लडेको स्मरण गरे । उनले राजनीतिभन्दा माथि उठेर सञ्चार जगत सक्रिय हुनुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य रमेश लेखकले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको दाबी गर्दै लोकतन्त्रका मूल्य मान्यतालाई बेवास्ता गरिएकोे आरोप लगाए । सो अवसरमा सुदूरपश्चिमको पत्रकारिताको विकासमा योगदान पु¥याएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच सभापति देउवा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई भेट्न पुगेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ५९ बजे