मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज र भोलि मेघगर्जनसहित पानी पर्ने



काठमाडौं फागुन, १८–
मौसमविद्ले आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

मौसमविद् मिनकुमार अर्यालले पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको बताए । अहिले पश्चिमबाट मध्यतिर यो प्रणाली सरिरहेकाले पश्चिम र मध्य क्षेत्रको मौसम बदली भएको उनले बताए । यसकै प्रभावले अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि बदली भई केही ठाउँमा पानी पर्ने उनले बताए ।
उनका अनुसार पर्सि भने मौसम खुल्ने सम्भावना रहेको छ । यसैबीच उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात भएपछि देशभरि नै चिसो बढेको छ । केही दिनअघि न्यूनतम तापक्रम ८ दशमलब ५ डिग्रीसम्म पुगेको काठमाण्डौको हिजोको तापक्रम २ दशमलब ८ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भएका कारण देशभरि नै चिसो हावा चलेको हो । अझै केही दिन चिसो हावा चल्ने भएकाले तापक्रम तत्काल नबढ्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  २ : ५५ बजे