मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतमोहनको स्वास्थ्य अवस्था निकै गम्भिर



काठमाडौं फागुन, १८–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले अधिकारीलाई बचाउने सम्भावना न्यून रहेको जनाएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र क्रिटिकल केयर सेन्टरका निर्देशक डा हेमराज पनेरुले अधिकारीको स्वास्थ्य अवस्था नाजुक भएको बताए ।

शनिबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘नेता अधिकारीको स्वास्थ्य अत्यन्त क्रिटिकल छ । उहाँ बाँच्ने सम्भावना न्यून छ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : २० बजे