मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीयता नेपालको आवश्यक्ता र वास्तविकता हो, कसैले चाहेर पनि खोस्न सक्तैनः कांग्रेस सभापति शेरबहादुर देउवा



काठमाडौं फागुन, १८–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि कांग्रेस सँधै तयार रहेको बताएका छन् । शनिबार जनकपुरधाममा भएको कार्यक्रममा बोल्दै सभापति देउवाले मधेसको भावना अनुसार हुने संविधान संशोधनका लागि आफू सदैव तयार रहेको बताएका हुन् ।
उनले भने, ‘कांग्रेस विगतमा पनि संशोधनको प्रयास गरेकै हो, ‘मधेसको भावना अनुसार हुने संविधान संशोधनलाई कांग्रेसले पुरै सहयोग गर्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आफू प्रधानमन्त्री भएको बेला संविधान संशोधनको प्रयास गरेपनि यसमा सफलता प्राप्त गर्न नसकिएको बताए ।
मुलुकमा संघीयता अपरिहार्य रहेको बताउँदै संघीयताबाट मुलुक पछि हट्न नसक्ने उनको भनाइ थियो । ‘संघीयतालाई कसैले चाहेर पनि खोस्न सक्दैनन्’ उनले भने, ‘संघीयता नेपालको आवश्यक्ता र वास्तविकता दुवै हो ।’
सभापति देउाले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने गरी विधेयक ल्याएको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  १ : ३८ बजे