मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन



काठमाडौं फागुन, १८–

पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालको भेन्टिलेटरमा उपचाररत अधिकारीको शनिबार साँझ निधन भएको नेकपा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराए । सचिव श्रेष्ठले अधिकारी उपचाररत अस्पतालबाटै दिएको जानकारी उनुसार अधिकारीलाई बचाउने सम्पूर्ण प्रयास असफल भएको छ । अधिकारीको ८३ वर्षको उमेरमा निधन भएको हो । विगत २ महिनादेखि उचाररत अधिकारीको ह्याम्स अस्पतालमा शनिबार निधन भएको हो । माघ २४ गतेदेखि अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । त्यसअघि उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । अधिकारीलाई १६ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएकाबेला अर्थमन्त्री भएका अधिकारीलाई लोकप्रिय अर्थमन्त्रीको रुपमा समेत  चिनिन्छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ४ : २५ बजे