मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंसहित देशका धेरैजसो ठाउँमा पानी पर्ने, पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने सम्भावना



काठमाडौं फागुन, १९–
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसम सामान्य बदली रहने जनाएको छ । मौसमविद् राजु प्रधानाङगले पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको जनाए ।
मौसमविद् प्रधानाङ्गका अनुसार काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा आइतबार दिउँसो पानी पर्ने सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

सोमबार र मंगलबार पनि देशको धेरैजसो ठाउँको मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेको छ, तर ठूलो पानी पर्ने अथवा लगातार पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रधानाङगले बताए ।

यो वर्ष पश्चिमी वायु लगातार रुपमा नेपाल भित्रिइरहेको छ । यसैको प्रभावले केही दिनमा नै मौसम बदलिरहेको छ । लगातार रुपमा भित्रिरहेको पश्चिमी वायुका कारण धेरै लामो समयसम्म घाम लाग्न सकेको छैन । महाशाखाका अनुसार यो वर्ष हिउँदे वर्षा पनि औसतभन्दा बढी भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ३ : ०० बजे