मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेवातालमा प्याराग्लाइडिङ खस्यो,प्याराग्लाइडरको मृत्यु



पोखरा फागुन, १९–
पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।

दुर्घटनामा रोमानीयाका नागरिक ४२ वर्षीया एड सिजरको फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : २१ बजे