काठमाडौं फागुन, १९–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडीमा भएको भ्रष्टाचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि वाइडबडी खरिदमा भएको अनियमितताको सत्यतथ्य बाहिर नआउने शंकाउपशंका भइरहेको बेला भापति देउवाको यस्तो भनाइ सार्वजनिक भएको हो ।
उनले एक वर्षभन्दा बढी समय वितिसक्दा पनि ओली सरकारले देशका लागि केही नगरेको आपत्ति जनाए ।
आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले केपी शर्मा ओली सरकारले वर्षदिनमा देशका लागि एउटा पनि देखाउने काम गर्न नसकेको दावी गरे।
वर्तमान सरकारले संघीयतालाई कमजोर बनाइरहेको देउवाको अरोप छ। उनले भने, ‘संघीयता नेपालको वास्तविकता हो, समाजिक सञ्जाल नियन्त्रण गर्ने बाहनामा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नै कुण्ठित गरेको छ।यो पक्कै पनि राम्रो होइन।’
‘प्रेस स्वतन्त्रताविना प्रजातन्त्र समृढिकरण हुँदैन।प्रजातन्त्र र प्रेस एक अर्काको पुरक रहेको भन्दै उनले प्रश्न गर्दै भने ‘अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले साइबर ल्याएको हो ?’
प्रदेश२ को स्थायी राजधानी जनकपुरधाम बनाउनुपर्नेमा देउवाले जोड दिए। प्रदेशको नाम मिथिला राखिनुपर्ने भन्दै उनले प्रदेशको भाषा मैथिली र भोजपुरी हुनुपर्छ बताए। सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्रको विवाद मिलाउन छुट्टै कमिटी गठन गर्न लागेको बताए ।