प्रमुख प्रतिपक्ष कांग्रेसले बहिष्कार गर्दागर्दै संवैधानिक आयोगमा चार जनाको नाम अनुमोदन



काठमाडौं फगुन, २१–
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक आयोगमा सिफारिस चार जनाको नाम अनुमोदन भएको छ ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेका नामहरुमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, समावेशी आयोगको अध्यक्षमा डा. शान्तराज सुवेदी, मेधसी आयोगको अध्यक्षमा डा. विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी रहेका छन् ।

समितिले जनाए अनुसार चारै जनाको नाम सर्वसहमतिमा अनुमोदन भएको हो । नेपाली काँग्रेसका सदस्यहरुले भने सिफारिस प्रक्रियामा प्रतिपक्ष दललाई वहिष्कार गरिएको भन्दै सुनुवाइको सम्पूर्ण प्रक्रिया नै वहिष्कार गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ३० बजे