मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोलिदेखि पोखरामा प्याराग्लाइडिङ उडाउन नपाईने



पोखरा फागुन, २१–
पोखरामा प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लाग्ने भएको छ । भोलिदेखि पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाउन लागेको हो । पोखराको आकाशमा लगातार प्याराग्लाइडिङ दुर्घटना भएपछि महानगरपालिकाले बुधबारदेखि कर नतिर्ने कम्पनीलाई उडान गर्न नदिने भएको हो ।

बुधबारदेखि सराङकोटबाट हुने उडानमा कर नतिरेका कम्पनीहरुको उडान रोक्न लागिएको हो । करको दायरामा आउनेहरुलाई भने कुनै रोक नलगाईने बताईएको छ ।

आर्थिक वर्ष २०७२र०७३ देखि महानगरले तोकेको कर धेरैजसो प्याराग्लाइडिङ कम्पनीहरुले नबुझाएको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरले आर्थिक वर्ष २०७२र०७३ र २०७३र०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४र०७५ मा ५० हजार तथा २०७५र०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो । आर्थिक वर्ष २०७२र०७३ देखि नै कर नतिरेको उहाँका भनाइ छ । उहाँका अनुसार अहिलेसम्म एउटा मात्र कम्पनीले मात्र कर तिरेको छ ।

गण्डकी प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा ल्याउने भन्दै वार्षिक एक लाख रुपैयाँ शुल्क कायम गरेको र त्यो कर पनि पोखरा महानगरमै बुझाउनुपर्नेछ ।पोखरामा प्याराग्लाइडिङ उडाउने ५६ वटा कम्पनी छन् । तीमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेका छन् । एउटा बाहेक कुनै पनि कम्पनी महानगरमा दर्ता नभएको पनि महानगरले जनाएको छ । महानगरपालिकाले जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाइडिङ उडान रोक्न आग्रह गरिसकेको छ । यतिबेला पोखरामा ‘२०१९ हिमालयन कप’ भन्ने प्याराग्लाइडिङको प्रतियोगिता भइरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १० : ०१ बजे