काठमाडौं फागुन, २१–
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले सिङ्गो पार्टी नचलाएर गुट मात्र चलाउन थालेको आरोप लगाएका छन ।
मंगलबार काठमाडौमा नेपाल ट्रेड युनियन कांग्रेसको ७३ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले एस्तो आरोप लगाएका हुन ।
महामन्त्री कोइराला कांग्रेस भित्र बिबादमा आउन नचाहने र कम बोल्ने नेताका रुपमा चिनिन्छन र उनको मौनतालाई अर्थपुर्ण रुपमा लिने गरिन्छ ।
एउटै कार्यक्रममा रहेका सभापती देउबा र महामन्त्री कोइराला दुबैले एक अर्काको पक्ष बिपक्षमा बोलेका थिय ।महामन्त्री कोइरालाको आरोपको खण्डन गर्दै शभापती देउबाले भने,‘गुटले कसैलाई पनि फाइदा गर्दैन। म गुट, उपगुट अन्त्य गर्न चाहन्छु। महामन्त्रीजी सहयोग गर्नुहोस्।’
उनले सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्याएर जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन खोजेकोमा समेत आपत्ति जनाए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले सरकारले आफू प्रधानमन्त्री भएका बेला सुरू गरेका काम अहिले आफूले गरेको भनेर प्रचार गरेकोमा पनि असन्तुष्टि जनाए ।