मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अज्ञात समूहद्वारा रोल्पामा गाँउपालिका अध्यक्षको गाडीमा आगजनी



रोल्पा फागुन, २२–
रोल्पामा अज्ञात समूहले गाउँपालिकाका अध्यक्षको गाडीमा अगजनी गरेको छ । मंगलबार राति जिल्लाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको गाडीमा अज्ञात समूहले आगजनी हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाले मंगलबारदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहीँ बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको बोलेरो जीपमा आगजनी भएको जनाएको छ ।

रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले घटनाको अनुसन्धान भइरहेको जनाए । यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयमा पनि मंगलबार राती तोडफोडको प्रयास भएको छ । अज्ञात समूहले ढुङ्गा प्रहार गर्दा गाउँपालिका कार्यालयको झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : १२ बजे